एकीकृत समाजवादीद्वारा सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएकाे समर्थन फिर्ता

नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे छ।

एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएका हुन्।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने संकेत गरेपछि नेकपा एसले यसअघि चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफलअनुसार घटनाक्रम अगाडि बढेको बुझिएको छ।  

प्रकाशित मिति: : 2024-04-16 15:36:00

प्रतिकृया दिनुहोस्