एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लागुऔषध कारोबार मुद्दामा फरार रहेका लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे। 

लागुऔषध मुद्धामा उनलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष ५ महिना २८ दिन फैसला गरेको थियो। अपराध अनुसन्धान कार्यालयका अनुसार लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए।

उनलाई मंगलबार साँझ पेस्सीकोलास्थित उनकै घरबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2024-04-17 11:36:00

प्रतिकृया दिनुहोस्