बाँदरबाट बाली जोगाउन कार्यक्रम सञ्चालन गरिने

सरकारले आगामी वर्ष बाँदर लगायत वन्य जीवजन्तुबाट बालीनाली जोगाउन कार्यक्रम सञ्चालन गर्ने भएकाे छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको समन्वयमा बाँदर लगायत वन्य जीवजन्तुबाट बालनाली जोगाउन कार्यक्रम सञ्चालन गरिने  बताएका हुन्।

‘बाँदर, बँदेल, दुम्सी, मृग लगायतका जीवजन्तुबाट बालीनाली जोगाउन स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने, ‘राजमार्ग र ठूला सडक छेउछाउ फलफूलका बोटबिरुवा लगाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ।’
 

प्रकाशित मिति: : 2024-05-14 15:55:00

प्रतिकृया दिनुहोस्