प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि राेष्टममा जाने कार्यसूची

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधसभा बैठक आज (आइतबार) बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको बैठक बिनाअवरोध चल्ने देखिएको छ।

यद्यपि, संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ। टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ।

आजकाे बैठकका लागि संसद सचिवालयले ७ वटा सम्भावित कार्यसूची तय गरेकाे छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९को नियम १० बमोजिम बठैकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने र जेठ १ गते प्रस्तुत नीति तथा कार्यक्रमका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेकाे छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेकाे सम्बोधनको प्रति टेबलु गर्ने र नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको ‘वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० पेश गर्ने कार्यसूची रहेकाे छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

त्यस्तै दिउँसाे १ : १५ बजेका लागि राष्ट्रियसभाकाे बैठक बाेलाइएकाे छ।

प्रकाशित मिति: : 2024-05-19 07:20:00

प्रतिकृया दिनुहोस्