नेपाली काँग्रेसका नेता शेखर काेइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालाई प्रतिशाेध साँध्न पक्राउ गरिएकाे प्रतिक्रिया दिएका छन्।
मंगलबार साँझ प्रहरीले सिराेहियालाई पक्राउ गरेलगत्तै काेइरालाले गृहमन्त्री रवि लामिछानेमाथि लक्षित प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, ‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’
उनले प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त रहेकाे बताए।
दाेहाेराे नागरिकता लिएकाे आराेपमा प्रहरीले सिराेहियालाई मंगलबार साँझ थापाथलीस्थित विजनेस सेन्टर पार्क (कान्तिपुर परिसर)बाटै पक्राउ गरेकाे छ।
उनीविरुद्ध धनुषा प्रहरीमा दाेहाेराे नागरिकता लिएकाे आराेपसहित उजुरी परेकाे थियाे।