सिरोहिया पक्राउबारे भीम रावल- मन्त्री र अरूका लागि फरक-फरक कानुन छ?

नेकपा एमालेका नेता डा. भीम रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे आपत्ति जनाएका छन्।

नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुनविपरीत दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर सिरोहियालाई नागरिकतामा विवरण फरक पर्दा कार्यकक्षबाट पक्राउ गरिएकाे भन्दै आपत्ति जनाएका हुन्।

उनले मन्त्री र अरूका लागि फरक-फरक कानुन छ? भन्दै प्रश्नसमेत गरेका छन्।

‘गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कारवाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको'भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ? कानूनी राज्यको उपहास!’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको'भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ? कानूनी राज्यको उपहास!

— Bhim Rawal, PhD (@BhimRawal179) May 22, 2024
प्रकाशित मिति: : 2024-05-22 17:12:00

प्रतिकृया दिनुहोस्