सहकारी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन

File Photo
File Photo

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन सकिएकाे छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेकाे बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएकाे हाे।

बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल भएकाे कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए।

सहमति प्रयासका लागि कार्यदलकाे बैठक शुक्रबार बिहान साढे ८ बजे फेरि बस्ने छ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा छ।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।

प्रकाशित मिति: : 2024-05-23 18:18:00

प्रतिकृया दिनुहोस्