यूएई भ्रमणमा जान नयाँ मापदण्ड लागू

भम्रण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीका साथमा ३ हजार दिराम (नेपाली झण्डै १ लाख ९ हजार) हुनुपर्ने भएको छ।

यूएईस्थित सञ्चार माध्यमले जनाएअनुसार यूएई आउने पर्यटकहरूले विमानस्थल अध्यागमनमा ३ हजार दिराम नगद वा क्रेडिट कार्डमा उक्त रकम देखाउनुपर्नेछ।

यस्तै, यूएईमा बस्नको लागि होटल बुकिङ र फर्किने हवाइ टिकट पनि देखाउनु पर्नेछ। जाने र फर्किने टिकट एउटै पीएनआरमा बुकिङ भएको हुनुपर्नेछ।

होटल र टिकट बुकिङ ‘भ्यालिड’ हुनुपर्नेछ। ‘डम्मी’ बुकिङ मान्य हुनेछैन्।

यूएईका अधिकारीले यसविषयमा पर्यटनसँग सम्बन्धित कम्पनी, र एयरलाइन्स कम्पनीहरूलाई परिपत्र गरिसकेका छन्।

प्रकाशित मिति: : 2024-05-23 20:43:00

प्रतिकृया दिनुहोस्