बर्दियामा बाघका आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए। 

रोकायलाई बाँसगढी नगरपालिका– ४ बढुवार गाउँ नजिक बिहीबार दिउँसो २ बजेतिर जनचेतना सामुदायिक वन किनारमा बाघले आक्रमण गरेको थियो। 
उनी हस्नापुरबाट बर्दिया बाँसगढी नगरपालिका– ४ मा दिदीको घर जाँदै गर्दा बाघले आक्रमण गरेको अर्यालले बताए। 

रोकायको घटनास्थलमै मृत्यु भएको थियो। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया लगिएको छ। 

प्रकाशित मिति: : 2024-05-23 21:07:00

प्रतिकृया दिनुहोस्