स्रोत नखुलेको ७२ लाखसहित दुईजना पक्राउ

बिएल संवाददाता

सिन्धुपाल्चोक
Symbolic photo
Symbolic photo

नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका–४ घर भइ हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2024-06-02 17:57:00

प्रतिकृया दिनुहोस्