भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्ष सुरु

Break n Links
Break n Links

भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्ष मंगलबारदेखि सुरु भएको छ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको काेर्ष हो। यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरे। त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिँदै शक्तिवर्धक प्रतिबन्धित औषधीको प्रयोगलले खेलाडीको जीवनमा प्रतिकुल प्रभाव पार्ने बताए।

यस्तै उनले आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढी सिक्ने अवसरको सदुपयोग गर्नु पर्नेमा जोड दिए।

पाँच दिनसम्म चल्ने कार्यक्रममा कोर्ष निर्देशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयाानिक रहने छन्। 

प्रकाशित मिति: : 2024-06-11 17:15:00

प्रतिकृया दिनुहोस्