एसइई दिएका बालबालिकालाई करियर काउन्सेलिङ

काठमाडौँकी कीर्तिपुरमा एसइई दिएर बसेका बालबालिकालाई करियर काउन्सेलिङ गरिएको छ। 

कीर्तिपुर नगरपालिका र असल छिमेकी नेपालसँगको सहकार्यमा ब्यवसायिक सिप तथा क्षमता पहिचान गर्न काउन्सेलिङ गरिएको हो। 

काउन्सेलिङमा कीर्तिपुर क्षेत्रका १० वटै वडाका विद्यार्थीहरू सहभागी थिए। ३१ जना सहभागीहरुलाई प्रा.डा. श्यामकृष्ण महर्जन र रुपेन्द्र महर्जनले काउन्सेलिङ गरेका थिए। 

कीर्तिपुर स्वयंसेवक समाजले बिगत २० वर्षदेखि युवाहरूलाई मनोपरामर्श दिने काम गर्दै आइरहेको छ। 

प्रकाशित मिति: : 2024-06-20 18:53:00

प्रतिकृया दिनुहोस्