बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा बैठकमा झडप भएकाे छ।
साेमबार बजेट पेस गर्न बाेलाइएकाे नगरसभा बैठकमा नेकपा एमाले र कांग्रेसका केही वडाध्यक्षहरू विरोधमा प्रदर्शमा उत्रिएपछि झडप भएकाे हाे।
वडाध्यक्षहरू बिहानैदेखि विरोधमा प्रदर्शनमा उत्रिएका थिए। दिउँसो बैठकमा सहभागी हुन नगर प्रमुख राजन पौडेल नगरसभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका हुन्। उनीहरुले बैठकस्थलकाे कुर्सी र टेबलसमेत तोडफोड गरेका छन्।
वडाध्यक्षहरू विरोध र तोडफोडमा उत्रिएपछि नगरसभा स्थगित गरिएको छ।