नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापाले प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन्।
साेमबार संघीय संसद सचिवालयमा कांग्रेस र नेकपा एमालेका सांसदहरूकाे उपस्थितमा उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन्।
उनकाे प्रस्तावकमा कांग्रेसका वीरबहादुर बलायर र समर्थकमा एमालेका सूर्य ढकाल रहेका छन्।
कांग्रेस सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेपछि कृषि समितिमा सभापतिको पद रिक्त छ। समितिमा कांग्रेसबाटै अघि सारिएकी उनी सर्वसम्मत सभापति बन्नेछिन्।