काठमाडौँमा जुवा खेलिरहेका ९ जना १० लाख रुपैयाँसहित पक्राउ

Break n Links
Break n Links

काठमाडौँमा जुवा खेल्ने र खेलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले उनीहरूलाई काठमाडौँको चुनदेबीबाट पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा ओखर (जुवा) खेलाइरहेको भन्रे गोप्य सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौँ वसन्तपुरका २१ वर्षीय निलेश महर्जन रहेका छन्।

यसैगरी काठमाडौँकै ४५ वर्षीय राजेश श्रेष्ठ, बूढानीकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौँ डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौँ डल्लुकै ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका छन्।

उनीहरूकाे साथबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।

प्रकाशित मिति: : 2024-07-30 12:53:00

प्रतिकृया दिनुहोस्