प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशालाको विषयमा नेपाल किकेट संघ (क्यान)का पदाधिकारीसहित खेलाडी, कलाकारलगायतसँग छलफल गरेका छन्।
प्रधानमन्त्रीले आइतबार बिहान उनीहरूसँग छलफल भएकाे सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
उनले याे छलफलसँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास व्यक्त गरेका छन्।
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु’, प्रधानमन्त्री ओलीको भनेका छन्।
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए। सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन्।