रोल्पाको सुखाओडार खोलाले बगाउँदा एक महिला बेपत्ता

Symbolic photo
Symbolic photo

रोल्पामा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

गंगादेव गाउँपालिका–२ सुखाओडार बजारबाट घर फर्कन लागेकी हेलुङ खोला बस्ने ६५ वर्षीया तुलसी कामीलाई सुखाओडार खाेलाले बगाउँदा बेपत्ता भएकी हुन्।

उनी बिहीबार बेलुका करिब पौने ७ बजेतिर सुखाओडार बजारबाट घरतर्फ जाने क्रममा गोरेटो बाटोबाट लडेर सुख्खाओडार खोलमा खस्दा खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकाेटीले जानकारी दिए।

बेपत्ता भएकाे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी सहायक निरीक्षक अमलेश कुमार लोधको कमाण्डमा ९ जना प्रहरी र स्थानीय गरी रातिसम्म खोजतलास गर्दासमेत फेला नपरेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट समेत थप प्रहरी परिचालन गरी खोजी कार्य जारी राखिएको छ।

प्रकाशित मिति: : 2024-08-16 10:35:00

प्रतिकृया दिनुहोस्