चीन र भारतबीच लिपुलेक प्रयोग गर्ने सहमतिप्रति नेकपाकाे आपत्ति

धार्मिकस्थल मानसराेवर जानका लागि नेपालकाे पश्चिमी भू–भाग लिपुलेक प्रयाेग गर्ने चीन र भारतकाे सहमतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आपत्ति जनाएको छ। 

शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुन: सञ्जचालन गर्ने भनी भएकाे सहमतिप्रति हाम्राे पार्टीकाे गम्भीर ध्यानाकर्षण भएकाे छ।’

नेपाली भू–भाग प्रयाेग गर्न नेपाललाई कुनै जानकारी नगराइ दुई देशबीच भएकाे सहमतिले नेपालकाे सार्वभाैमिक अखण्डतामाथि प्रहार भएकाे नेकपाले बताएकाे छ। 

साथै नेकपाले नेपाल र चीनबीच भएकाे उक्त सहमति खारेज गराउन सरकारसँग माग गरेकाे छ। 

लिपुलेक भएर व्यापार गर्न चीन र भारतबीच सन् २०१५ मै सहमति भएको थियो। तर सन् २०२० मा कोभिड-१९ महामारीका कारण यहाँ व्यापारिक तथा तीर्थालुका लागि बन्द गरिएकाे थियाे। 

फेरि अहिले चीन र भारतबीच याे मार्ग खुलाउने सहमति भएपछि नेपाल भने सशंकित भएकाे छ। 

परराष्ट्रका जानकार नेपालकाे भू–भाग प्रयाेग गर्ने दुई देशबीच मात्र भएकाे सहमतिलाई अनुचित भन्दै आएका छन्।  

प्रकाशित मिति: : 2024-12-28 16:48:00

प्रतिकृया दिनुहोस्