निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थाल्न प्रभु साहकाे माग

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य अगाडी बनाउन सरकारसँग माग गरेका छन्। 

बिहिबार सिंहदरबारमा बसेकाे संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारका कारण ढिलाइ भएकाे भन्दै छिटाे बनाउनका लागि माग गरेका हुन्। 

समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले मन्त्रालयको आ.ब.२०८१/०८२को कार्यक्रम तथा हालसम्मको प्रगतिकोबारेमा विवरण पेश गर्दै सो विषयमा भएको छलफलमा साहले प्रश्नैप्रश्न उठाए। 

मन्त्री पाण्डेले पेश गरेको विवरणमा निजगढ विमानस्थल निर्माणको प्रगति शून्य देखाएपछि आक्रोशित साहले सरकारको चरित्रकोबारेमा प्रश्नसमेत उठाए। 

प्रकाशित मिति: : 2025-01-02 14:41:00

प्रतिकृया दिनुहोस्