राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाकाे राजीनामा मागेकाे छ।
निजामती विधेयकमा गरिएको ‘छेडखानी’ गरेकाे भन्दै रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाकाे राजीनामा मागेका हुन्।
राज्य व्यवस्था समितिबाट पारित भएको प्रतिवेदनको महत्त्वपूर्ण प्रावधान नै निरर्थक हुने गरी ‘बाहेक’ शब्द घुसाएर संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड प्रतिनिधि सभाबाट पारित गराइएपछि चौतर्फी विरोध भइरहेको छ।