गाजामा युद्ध रोक्न ‘इजरायल तयार छ’, हमासलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धबिरामका लागि इजरायल तयार भइसकेको भन्दै हमासलाई चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले इजरायलको त्यस्तो तयारीबारे जानकारी दिएका हुन्। 

‘गाजामा ६० दिने युद्धबिरामका लागि इजरायलले शर्तहरू मान्न सहमति जनाएको छ’ ट्रम्पले भनेका छन् ‘युद्ध समाप्त गर्नका लागि हामी सबैपक्षसँग मिलेर काम गर्नेछौं’ ट्रम्पले आगामी साता इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग थप सहमति हुने पनि बताएका छन्। 

ट्रम्पका अनुसार इजरायल र हमासबीच ३ वर्षभन्दा धेरै सयमदेखि चलिरहेको युद्ध समाप्त गर्नका लागि कतार र इजिप्टले प्रयास गरिरहेका छन्।

‘यहाँ शान्ति कायम गर्न निकै कठिन छ। त्यसका लागि कतार र इजिप्टले अन्तिम प्रस्ताव गर्नेछन्। मलाई आशा छ, हमासले पनि यो सहमति स्वीकार्नेछ। किनकि अवस्था अब थप सुध्रिनेछैन र अझ खराब हुँदै जानेछ’ ट्रम्पले भनेका छन्। 
अहिलेसम्म गाजामा कम्तीमा ५६ हजारभन्दा धेरै मानिस युद्धमा मारिइसकेका छन्। लाखौं मानिस भोकभोकै छन्। लाखौं विस्थापित र घरवारबिहीन भएका छन्। 

हमासले यो शर्त स्वीकार्छ वा स्वीकार्दैन। अहिलेसम्म प्रतिक्रिया दिएको छैन। 

यसअघिदेखि नै इजरायलले हमासको पूर्ण बिघटन हुनुपर्ने शर्त अघि सारिरहेको छ। त्यस्तै हमासले भने गाजा क्षेत्रबाट इजरायल पूर्णरुपमा फिर्ता हुनुपर्ने बताएको छ। 
 

प्रकाशित मिति: : 2025-07-02 09:25:00

प्रतिकृया दिनुहोस्