पर्यटकको रोजाइमा फर्पिङको झण्डा र त्रिशूल (फोटो फिचर)

Break n Links
Break n Links

दक्षिणकाली नगरपालिका-४ फर्पिङ बाँसबारीमा नेपालको झण्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। बाँसबारीको डाडाँबाट काठमाडौं उपत्यका पनि देखिने भएकाले पर्यटकको चहल पहल बढ्दै गएको हो। पछिल्लो समय यहाँ घुम्न र फोटो खिच्न जाने आन्तरिक र बाह्य दुबै पर्यटकहरूको आकर्षण बढ्दो छ। झण्डासम्म पुग्न छोटो र रमणीय पदयात्राको आनन्द लिन सकिन्छ। जसले गर्दा यो स्थलले प्रकृति प्रेमीहरूलाई थप आकर्षित गरेको छ।

तस्बिरहरू- टार्जन लिम्बु

प्रकाशित मिति: : 2025-07-07 11:50:00

प्रतिकृया दिनुहोस्