तस्बिरमा हेर्नुहोस् फर्पिङको झन्डा आकृती र त्रिशूल

दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछी आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। 

बासबारीको डाँडाँबाट काठमाडौं उपत्यका पनि देखिने भएकाले पर्यटकको चहल पहल बढ्दै गएको हो। पछिल्लो समय यहाँ घुम्न र फोटो खिच्न जाने आन्तरिक र बाह्य दुबै पर्यटकहरुको आकर्षण बढ्दो छ।

झण्डासम्म पुग्न छोटो र रमणीय पदयात्राको आनन्द लिन सकिन्छ। जसले गर्दा यो स्थलले प्रकृति प्रेमीहरूलाई थप आकर्षित गरेको छ।

प्रकाशित मिति: : 2025-07-08 06:54:00

प्रतिकृया दिनुहोस्