खासमा यी सहर निर्माण गर्दा स्थलगत इकोसिस्टम विनाश हुने, रुखबिरुवा, वनजंगल कटानी हुने, समुद्री किनारा र सिमसार क्षेत्र कंक्रिटमा परिणत हुनेजस्ता कारणका साथै बाक्लो जनसंख्यासमेत एकै ठाउँमा गुम्सिँदा मिथेन उत्सर्जनको थप समस्याले आधुनिक सहर तातो सहरमा रूपान्तरण भइरहेका छन् ।
हामी आज २३ वर्ष प्रवेश गरेका छ। यस पुनित अवसरमा तमाम पाठक, शुभचिन्तक तथा विज्ञापनदातामा म हार्दिक बधाई तथा शुभकामना साट्न चाहन्छु। यो तपाईंहरूको प्रगतिको पाइला हो, हामी केवल गोरेटो हौं।
साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ हुन्छ’ भन्ने उनले सुनेका पनि थिए । त्यही चक्करमा एक जना साथीमार्फत उनको भेट काठमाडौंका नमराज बेलबासेसँग भयो ।
जापानबारे सानैदेखि पढ्दै र सुन्दै आएको थिएँ— सूर्योदयको देश, विकसित देश, प्रविधिमा अगाडि रहेको देश, दोस्रो विश्वयुद्धमा अमेरिकाले अणु बम खसालेको देश, मानिसको औसत आयु बढी भएको देश आदि–आदि ।
इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वमन्त्री आफताब आलमसहित चारविरुद्ध जन्मकैदको फैसला भएको छ । चार वर्षदेखि विचाराधीन मुद्दामा जिल्ला अदालत रौतहटले बिहीबार आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ । अफताब आलमविरुद्धको १६ वर्ष लामो र कठोर लडाइँमा पीडित परिवारले न्याय पाएको छ । करोडौँको प्रलोभन र ज्यान मार्नेसम्मको धम्की एवं दबाबसँग नझुकेका पीडित परिवार बिहीबार रौतहट जिल्ला अदालतको फैसलापछि खुसी छन् । आलमको क्रूर अपराधको नयाँ पत्रिकाले स्थलगतदेखि अनुसन्धानसम्ममा शृंखलाबद्ध रिपोर्टिङ गरेको थियो ।
कतार मामिलाका जानकारहरूले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणलाई अपेक्षा गरिए जति फलदायी बनाउन नेपाल चुकेको बताएका छन्।
कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनुभएको थियो । म शशांकसँग रहे पनि अन्तिम समयमा उहाँहरूसँग जोडिन पुगेको हो । शशांकलाई पार्टी सभापति बनाउनुपर्छ भन्ने विचार राख्थें । तर, शशांक आफू नलड्ने भनेर १४ औं महाधिवेशनमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुभयो । म पनि पौडेल नै सभापतिका लागि उपयुक्त हुनुहुन्छ भनेर लागेको थिएँ । तर हाम्रो समूहभित्र सहमति निर्माण गर्न नसकेपछि पौडेल जस्तो वरिष्ठ नेता आफ्नै समूहमा एक भन्दा बढी उम्मेदवार हुँदा चुनाव लड्न हुँदैन जस्तो लाग्यो । त्यही सुझाव पनि दिएँ ।
हिमालको काखसम्म थोत्रा ट्रक, केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र पार्कहरू, सगरमाथाको भीड र फोहर– यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?
ऊर्जा आधुनिक विश्वको आधारभूत आवश्यकता हो। आर्थिक वृद्धि, सामाजिक विकास र गरिबी निवारणका लागि ऊर्जा एक महत्वपूर्ण निवेशका रूपमा छ। बढ्दो जनसंख्या र आर्थिक वृद्धिसँगै ऊर्जाको माग पनि बढ्दै छ।
भारतको आन्तरिक निर्वाचनमा नेपाल कुनै ‘फ्याक्टर’ नहोला तर पहिलो चरणको मतदानको पूर्वसन्ध्यामा मोदीलाई प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो अनुहार या अमित शाहले फेरि एकपल्ट तिरुपतिदेखि पशुपतिसम्मको नक्सली अर्थात माओवादी ‘कोरिडोर’को पुरानो भारतीय अवधारणा दोहोर्याउँदै एक–दुई वर्षभित्र माओवादी निर्मुल गरेरै छोड्ने प्रण गरेका छन्।
बैठकमा संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद पुगेकाले बहुमतले भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रले विशेष अधिवेशन माग गरेर चैत २६ गतेदेखि ३० दिनभित्र विश्वासको मत लिन भन्दै संकल्प प्रस्ताव पेस गरेका थिए।
यसका लागि कुन दलका कति उम्मेदवार छनोट भए भन्न समानुपातिकतर्फको मतको समेत गणना गरेपछि मात्र आकलन गर्न सकिने परिस्थिति आउँछ । यस्तो खालको चुनाव पद्धतिले प्रायः कुनै पनि दलको स्पष्ट बहुमत आएर सरकार गठन भई पाँच वर्ष पूरा अवधि सरकार सञ्चालन हुने कुरा असम्भवप्रायः देखिन्छ ।
हमासले गत ७ अक्टोबरमा इजरेली मानव बस्तीहरूमा गरेको आक्रमणको बदलामा इजरेलले गाजा क्षेत्रमा प्रत्याक्रमण थालेसँगै उक्त क्षेत्रको बढ्दो तनावपूर्ण अवस्थामा इरान र उसका सहयोगीहरूको पनि भूमिका देखिएको छ।
सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेजका रूपमा अगाडि बढाएको छ । विदेशको काम नेपालको कुनै पनि ठाउँमा बसेर गर्न सकिन्छ । विश्वका ठूलाठूला प्रविधि कम्पनीमा समेत नेपालीले काम गरिरहेका छन् ।
स्नातक तह, स्नातकोत्तर तह, एमफील तथा पीएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा वार्षिक साढे चार लाखभन्दा बढी विद्यार्थी भर्ना हुन्छन्। देशभरका उच्च शिक्षा अध्यापन गराउने १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानमध्ये त्रिविमा झण्डै ८० प्रतिशत विद्यार्थी अध्ययन गर्छन्।
'मैले अघिल्लो दिन नै राजीनामा दिएको थिएँ । बाहिर गलत कुरा आयो,' वैरागीले लोकान्तरसँग भने, 'कानूनीरूपमा कम्लिकेसन आउने गरी मैले कसरी काम गर्न सक्छु?' यद्यपि राजीनामा किन गरेको भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् ।
एकाएक आँखाको ज्योति गुमाएका सुदर्शन ढकाल हातले छामेकै भरमा मोटरसाइकल मर्मत सम्भार गर्छन्, ग्यारेज चलाएर मनग्य आम्दानी पनि गरिरहेका छन्।
जिबी सानैदेखि 'चञ्चल' थिए। गाउँको योगस्थान प्राथमिक विद्यालयमा चार-पाँच कक्षा पढ्दा नै आफ्नो नाडीघडीको समय बिगारेर शिक्षक झुक्याउन खप्पिस थिए भन्ने गाउँले साथीहरू सम्झिन्छन्।
कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । नेपालमा पनि केन्द्रीय बैंकले सुनमा लगानी गरेको छ ।
लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ। त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा छ।
त्यसैले वन्यजन्तु अपराधको मामलामा अन्तर्राष्ट्रिय सहकार्य चाहिने खतिवडा बताउँछन्। ‘नेपाल कच्चापदार्थको कारखाना जस्तो मात्र भयो,’ खतिवडा भन्छन्, ‘किनकि वन्यजन्तुको चोरीसिकारी भएर बाहिरै जाने भएकाले अन्तरदेशीय सहकार्य र फलोअप चाहिन्छ।’ सबैभन्दा धेरै उत्तरतिरका नाका अलि भौगोलिक रूपमा पनि निगरानी गर्न अप्ठेरो भएकाले त्यताबाट धेरै चोरीसिकारी भइरहेको उनले बताए।