प्रशिक्षक सार्री रोनाल्डोलाई भारी,तीन खेल मैदान बाहिरै बिताए

इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सार्रीले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन्। सार्रीले रोनाल्डो र आफूबीचको सम्बन्ध खराब नभएको बताए।

अन्तर्राष्ट्रिय ब्रेकअघिका दुई खेलमा सार्रीले रोनाल्डोलाई बेन्चमा बोलाएर उनको विकल्पमा अर्का खेलाडी पठाएका थिए। जसको कारणले गर्दा सार्री र रोनाल्डोको सम्बन्धको बारेमा प्रश्न उठेको छ। तर, सार्री त्यस कुरालाई मान्न तयार छैनन्।

'रोनाल्डोसँग मेरो सम्बन्ध निकै राम्रो रहेको छ,' सार्रीले भने,'यदी कुनै खेलाडी सब्सीच्युड हुँदा रिसाउने गर्छ भने उसँग अझै प्रेरणा छ र यो सकारात्मक हो।'

सार्रीले रोनाल्डोको घुँडामा लागेको चोटका कारण टिम बाहिर रहेको बताएका थिए। तर, स्पेनिस क्लबविरुद्ध भने रोनाल्डोले खेल्न सक्ने प्रशिक्षक सार्रीले बताएपनि मंगलबार राति च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडवरुद्धको खेलमा पनि उनी देखिएनन्।

खेलमा युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० गोल अन्तरले पराजित गर्यो। युभेन्ट्सका लागि एक मात्रै निर्णयक गोल पाउलो ड्याबालाले गरे।युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणमा छनोट भईसकेको छ।

यसअघि अन्तर्राष्ट्रिय खेलमा जानुअघि एसीमिलानविरुद्धको खेलमा सार्रीले रोनाल्डोलाई बेन्चमा बोलाएका थिए। जुन खेलमा युभेन्टसले मिलानलाई १–० ले हराएको थियो।

 लोकोमोटिभ मस्कोविरुद्धको खेलमा पनि उनलाई बेन्चमा बोलाइएको थियो।

गएको शनिबार एटलान्टाविरुद्धको खेलमा पनि उनलाई बेन्चमा आराम दिइएको थियो। जुन खेलमा युभेन्टस ३–१ ले विजयी भयो ।

 

प्रकाशित मिति: : 2019-11-27 14:00:15

प्रतिकृया दिनुहोस्