उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

बिएल

निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बुधबार आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनका लागि आयोगबाट आवश्यक तयारी पूरा भएको जनाएको हो । बुधबार रातीबाट मौन अवधी सुरु हुने भन्दै आयोगले मौन अवधीमा मतदातालाई आश्वासन, प्रलोभन, डर,धाक दिएर आतैंकित नपार्न पनि आग्रह गरेको छ।

आयोगले मतदातालाई उपनिर्वाचन उत्सवको उल्लासमय अवसरको रुपमा लिई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरेको छ। पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मौन अवधीभर सञ्चार माध्यम तथा सोसल मिडियाबाट मत माग्न तथा निर्वाचनको प्रचार गर्न निषेध गरिएको बताए।

उनले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित रहेको भन्दै हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि गएको बिषयमा आयोगलाई जानकारी नभएको बताए। यस्तै उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे छानबिन भइरहेको जानकारी दिए।

यहि मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा,र स्थानी तहका गरी रिक्त ५२ पदमा उपनिर्वाचन हँदैछ।

प्रकाशित मिति: : 2019-11-27 16:08:24

प्रतिकृया दिनुहोस्