सिमिकोटमा टिपर दुर्घटना: ३ को मृत्यु, १२ घाइते

फाइल तस्बिर: बिएल

हुम्लाको सिमिकोटमा बुधबार टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरका अनुसार घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको छ।

मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु ४ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको सनाखत हुन सकेका छैन।

प्रकाशित मिति: : 2019-11-27 17:34:34

प्रतिकृया दिनुहोस्