श्रीलंकाका पूर्व क्रिकेटर जयसुर्यालाई २ वर्षको प्रतिबन्ध

एएफपी

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्यालाई सबै खाले क्रिकेटमा २ वर्षको प्रतिबन्ध लगाएको छ।

आईसीसीको भ्रष्ट्राचार सम्बन्धिको नियम उलंघन गरेको भन्दै आईसीसीले जयसूर्यालाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

श्रीलंका क्रिकेटमा भएको भ्रष्ट्राचारको विषयमा असहयोग गरेको भन्दै आईसीसीले जयसुर्यालाई कारबाही गरेको हो।

जयसुर्या श्रीलंकाको राष्ट्रिय टोली छनोट समितिका प्रमुख समेत हुन्।

तत्कालका लागि लागू हुने गरी उनलाई सो प्रतिबन्ध लगाइएको हो। जसका कारण उनले सन् २०२१ सम्म कुनै पनि क्रिकेट गतिविधिमा सहभागिता जनाउन पाउने छैनन्।

सन् २०१२ बाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका जयसुर्या श्रीलंकाले सन् १९९६ को विश्वकप जित्दा मुख्य खेलाडी थिए।

विश्वकपमा जयसुर्या प्लेयर अफ दि टुर्नामेन्टसमेत चुनिएका थिए । 

जयसूर्या ४४५ वानडे, ११० टेस्ट र ३१ टी २० म्याच खेलेका थिए।

सन् १९९० को दशकमा जयसूर्या र रोमेश कालूवितर्णाको जोडी सबैभन्दा विस्फोटक ओपनिङ जोडीको रूपममा चिनिन्थे।

जयसूर्याले टेस्टमा ४०.०७ को औसतमा ६९७३ रन बनाएका थिए। उनको सर्वाधिक स्कोर ३४० रन हो। जयसूर्याले टेस्ट क्रिकेटमा  १४ तथा वानडेमा २८ शतक लगाएका थिए। ४४५ वानडे खेल्ने जयसूर्याले ३२.३६ को औसतमा १३४३० रन बनाएका छन्। वानडेमा उनको सर्वाधिक स्कोर १८९ रन हो। यस्तै २३.२९ औसतमा उनले टी ट्वान्टीमा ६२९ रन बनाएका थिए।

प्रकाशित मिति: : 2019-02-26 22:30:19

प्रतिकृया दिनुहोस्