फेसबुकले बन्द गर्दै ग्रुप भिडियो च्याट एप ‘बोनफायर’

तस्बिरः एजेन्सी

सामाजिक सञ्जाल फेसबुकले ग्रुप भिडियो च्याटको मुख्य एप ‘हाउसपार्टी’ को एउटा क्लोन बन्द गर्ने निर्णय गरेको छ।

‘द वर्ज’ को शुक्रबार सार्वजनिक रिपोर्टअनुसार ‘बोनफायर’ नामको क्लोन एप यही महिना बन्द हुनेछ। फेसबुकले यसको परीक्षण २०१७ देखि डेनमार्कमा सुरु गरेको थियो।

फेसबुकले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘मे महिनामा हामी ‘बोनफायर’ बन्द गर्दैछौं। हामीले यो निमार्ण गर्ने क्रममा जे कुरा सिकेका छौं, त्यसलाई भविष्यमा प्रयोग गर्नेछौं।’

‘हाउसपार्टी’ एउटा ग्रुप भिडियो च्याट एप हो। जसमा भाग लिने व्यक्तिले जब यो एप खोल्छन, उसलाई को–को अनलाइनमा छन्, ती व्यक्तिको विषयमा जानकारी हुनेछ र उनीहरू सँग मज्जाले भिडियो च्याट गर्न सक्छन्। फेसबुकले इन्स्टाग्राम र म्यासेन्जर जस्ता अन्य प्लेटफार्ममा पनि ग्रुप भिडियो च्याट जस्ता फिचर्स जोड्दै छ।

प्रकाशित मिति: : 2019-05-04 22:52:44

प्रतिकृया दिनुहोस्