ह्वाट्सएपमा 'जासुसी आक्रमण' को प्रयास, अपडेट भर्सन प्रयोग गर्न आग्रह

तस्बिरः एजेन्सी

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्एप गोपनियता तथा सुरक्षाको लागि खतरा भएको बताइएको छ।

इन्टरनेटमा सन्देश आदानप्रदान गर्न प्रयोग हुने ह्वाट्सएपमा विद्यमान एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राखेको भन्दै सुरक्षाको लागि खतरा भएको साइबर बिज्ञहरूले जनाकारी दिएका छन्।

ह्वाट्सएपका अनुसार सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्षित गरेको र यो काम कुनै दक्ष साइबर विज्ञले गरेको हो।

वेलायती अखबार फाइनान्सियल टाइम्सको अनुसन्धानमा वाट्सएपमा जासुसी सफ्टवेर देखिएको हो। उक्त जासुसी सफ्टवेर इजरायलमा निर्माण भएको अनुसन्धानले देखाएको छ।

अनुसन्धान अनुसार यदी वाट्स एपमा कल गरियो, तर फोन नउठेको खण्डमा उक्त जासुसी सफ्टवेर आफैं इन्स्टल हुने बताइएको छ। यो आक्रमणबारे पहिलो पटक मे महिनामा थाहा भएको थियो।

ह्वाट्सएपले कति प्रयोगकर्ता प्रभावित भए भनेर भन्न सकिने अवस्था नभएको भन्दै यो आक्रमणको लक्ष्यमा निश्चित व्यक्तिहरू परेको हुन सक्ने बताएको छ।

क्यानडाका अनुसन्धानकर्ताले त्यस जासुसी सफ्टवेरमार्फत जासुसले मानवअधिकार कार्यकर्तालाई निशाना बनाएको जनाएका छन्।

ह्वाट्सएपका अनुसार उसको सुरक्षा टोलीले सो कमजोरी पत्ता लगाएको थियो। उसले मानव अधिकार समूह, केही सुरक्षा प्रविधि समूह र अमेरिकी न्याय मन्त्रालयलाई त्यसबारे जानकारी दिएको बताएको छ।

मङ्गलवार तेल अभिभस्थित एउटा अदालतमा एनएसओ समूहको प्रविधि निर्यातको अनुमति खारेज गर्ने सम्बन्धमा सुनुवाइ हुँदैछ।

इजरायली कम्पनी एनएसओ समूहले सो सफ्टवेअर विकसित गरिएको अनुमान छ।

यसैबीचफेसबुकले समेत सुरक्षा भूल हुँदा आफ्नो एप वाट्सएपमा जासुसी सफ्टवेर इन्स्टल भएको स्वीकार गरेको छ।

फेसबुले आफ्नो सुरक्षा र गोपनियतालाई सुरक्षित गर्नका लागि वाट्सएपको नयाँ भर्सन डाउनलोड गर्न अनुरोध गरेको छ।

विश्वभर डेढ सय करोडभन्दा बढीले वाट्सएप प्रयोग गर्दछन्।

प्रकाशित मिति: : 2019-05-14 12:35:54

प्रतिकृया दिनुहोस्