सामसुङको ‘फोल्डेबल’ स्मार्टफोन अर्को महिना बजारमा

Agency

लामो प्रतिक्षापछि दक्षिणको कोरियाको चर्चित मोबाइल कम्पनी सामसङले ‘फोल्डेबल’ स्मार्टफोन आगामी महिना सार्वजनिक गर्ने भएको छ।

यसअघि ‘फोल्डेबल’ फोन २६ अप्रिलमा लञ्ज गर्ने बताइएको थियो। तर, डिस्प्लेमा केही समस्या देखिएपछि कम्पनीले लञ्चिङको समय सारेको हो।

सामसङले ‘फोल्डेबल’ फोनलाई नोट–१० को सिरिजसँगै बजारमा उतार्ने छ।

सामसङले सार्वजनिक गर्न लागेको ‘फोल्डेबल’ फोनलाई विशेष रूपमा निर्माण गरिएको छ। यसमा ७ दशमलव ३ इन्चको प्राइमरी फ्लेक्सिबल एमोलेड डिस्प्ले समावेश गरिएको छ।

फोनमा ७ एनएमको क्वालकोम स्नेपड्रेगन ८ सय ५५ अक्टा–कोर एसओसी प्रोसेसर समावेश गरिएको छ। यसमा १२ जिबी राम र ५ सय १२ जिबी स्टोरेज क्षमता हुनेछ।

सेल्फीका लागि १० एमपी को फ्रन्ट क्यामरा हुनेछ।

 

 

प्रकाशित मिति: : 2019-07-23 14:37:36

प्रतिकृया दिनुहोस्