चीनले चन्द्रमामा फेला पार्यो जेल जस्तै चिल्लो पदार्थ

Agency

चिनियाँ लुनार रोभर युटु–२ ले चन्द्रमाको सतहमा जेल जस्तो पदार्थ भएको पत्ता लगाएको छ। विदेशी मिडियाको रिपोर्टअनुसार रहस्यमय मानिएको जेल जस्तै पदार्थ चन्द्रमाको ‘डार्क साइड(अध्यारो ठाउँ) मा फेला परेको हो।

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

चीनले आफ्नो चेञ्जेज–४ लुनार प्रोग्रामअन्तर्गत चिनियाँ लुनार रोभर युटु–२ लाई ७ डिसेम्बर २०१८ मा चन्द्रमामा प्रक्षेपण गरेको थियो। चिनियाँ चन्द्रयान ३ जनवरी २०१९ मा दक्षिणी गोलाद्र्धमा प्रवेश गरेको थियो।

चिनियाँ पत्रिकाका अनुसार यस विषयमा अनुसन्धान जारी छ। चिनियाँ वैज्ञानिकहरूले यस बाहेक अन्य जानकारी बाहिर ल्याएका छैनन्।

याे पनि पढ्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

प्रकाशित मिति: : 2019-09-02 12:24:29

प्रतिकृया दिनुहोस्