सुविसुको दशैं अफर: इन्टरनेट वा क्लियर टिभि सेवा मात्र ९९ मा

तस्बिरः बिएल

सुबिसु केबलनेटले मात्र ९९ रूपैयाँमा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ।

आउँदै गरेको महान चाडलाई उपभोक्ताले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको कम्पनीले जनाएको छ।

यस प्याकेज अन्तर्गत ग्रहाकले मात्र रु. ९९ (कर सहित) मा एक महिनाको लागि ३० Mbps इन्टरनेट सेवा अथवा सोही मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन्। जसमा ७५ भन्दा बढी एच. डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यानलहरु रहेको कम्पनीले बताएको छ।

साथै मात्र रु. १९८ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन्। जसमा २५ Mbps इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज रहनेछ।

यी सेवाहरु सीमित अवधिका लागि मात्र रहनेछन् , साथै सर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट(WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit),डाटा सेन्टर सोलुसन(Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्छ।

प्रकाशित मिति: : 2019-09-16 08:59:19

प्रतिकृया दिनुहोस्