राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन (भिडियोसहित)

तस्बिरः बिएल

महावीर पुनको नेतृत्वमा काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरिएको हो। करिब ८ करोडको लागतमा उक्त केन्द्र स्थापना गरिएको केन्द्रको अध्यक्ष महावीर पुनले जानकारी दिए। नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी उक्त केन्द्र स्थापना गरिएको उनको भनाई छ। नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारे।

केन्द्रबाट ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पुनले बताए। कार्यक्रममा केन्द्र स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: : 2019-10-18 18:03:26

प्रतिकृया दिनुहोस्