नेपाली बजारमा पनि आयाे आइफोन इलाभेन, मूल्य कति छ?

तस्बिरः एजेन्सी

आगामी शुक्रबारदेखि नेपालमा आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ।

एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्स बजारमा ल्याउन लागेको हो।

आइफोन इभो स्टोर,ओलिज स्टोर, मोबाइल ट्रोन फ्युचर टेक ट्रेड र फ्युचर वल्र्डबाट पनि किन्न सकिने छ। आइफोन इलाभेन ६४ जिवीको १ लाख १० हजार ५ सय, १२८ जिबीको १ लाख १८ हजार ३ सय र २५६ जिवीको १ लाख ३४ हजार तोकिएको छ।

त्यस्तै इलाभेन प्रो ६४ जिवीको १ लाख ५७ हजार २ सय ५०, २५६ जिवीको १ लाख ८० हजार ९ सय, र ५१२ जिवीको १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ।

११ प्रो म्याक्स ६४ जिवीको १ लाख ७२ हजार ८ सय, २५६ जिवीको १ लाख ९६ हजार ६ र ५१२ जिवीको २ लाख २७ हजार ४ सय रुपैयाँ तोकिएको छ।

नयाँ फोन किन्दा इएमआइ सुविधाको सुविधा रहेको छ भने निशुल्क एनसेल डाटा पनि पाइने जेनेरेसन नेक्स्टले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-17 11:40:54

प्रतिकृया दिनुहोस्