कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा फोरजी सेवा विस्तार

तस्बिर: बिएल

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुचारु गरिएको छ। 'नेपाल भ्रमण वर्ष–२०२०' लाई लक्षित गरि नेपाल टेलिकमले द्रुतगतिको इन्टरनेट सेवा फोरजी सञ्चालनमा ल्याएको हो।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटककलाई लक्षित गरि बिहीबारदेखि .सेवा सुरु गरिएको नेपाल टेलिकम सुर्खेतका लेखा अधिकृत विमल पोखरेलले जानकारी दिए।

टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेको छ। ‘एक हजार आठ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरेका छौं,’ पोखरेलले भने, ‘रारा आउने पर्यटकहरुलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौं।’

फोर जी सेवा सुचारुपछि रारामा इन्टरनेट निकै द्रुतगतिमा चल्न लागेको निकुञ्जका कर्मचारी पृथ्वीलाल नेपालीले जानकारी दिए।

‘पहिला कोठाभित्र नेट चल्न मुस्किल थियो। अहिले निकै छिटो चलिरहेको छ। कयौं पटक हामी निकुञ्जका कर्मचारी गएर सोलार प्यानल र ब्याट्री सफा गर्‍यौं। तरपनि समस्या जीउँकातिउ थिए। रारा आउने पर्यटकको पहिलो गुनासो यही थियो। सायद, अब हामीले पर्यटकको यो गुनासो सुन्नुपर्ने छैन,’उने भने।

फोरजी सेवा सञ्चालनसँगै मुगुबासीले द्रुतगतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै यो सेवाले पर्यटकहरुलाई रारामा खिचेकाे फोटो तथा भिडियोहरु सामाजिक संजाल मार्फत आदानप्रदान गर्न सहज हुनेछ।

यसैबीच अबको तीन महिनामा जुम्लामा समेत फोर जी सेवा सुचारु हुने नेपाल  टेलिकम जुम्ला शाखाले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-05 21:35:33

प्रतिकृया दिनुहोस्