नासाबाट नेपाली न्यानो प्रक्षेपण: जुम्लाका टक्कबहादुरमा आशा

बीएल

बिहिवार पहिलाेपटक नेपालले अन्तरिक्षमा आफ्नाे उपस्थिति जनायाे।आफ्नै लगानीमा, जापानमा अध्ययन अनुसन्धान गरिरहेका आफ्नै वैज्ञानिककाे प्रयासमा पहिलोपटक अन्तरिक्षमा आफ्नै भू–उपग्रह अर्थात् स्याटेलाइट प्रक्षेपण भयाे।

चन्द्र सूर्य अंकित राताे झण्डासहित प्रक्षेपण गरिएकाे स्याटेलाइटकाे न्वारान 'नेपाली स्याट-१' भनेर गरिएको छ। नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठकाे अथक संघर्ष र कठाेर साहसले बनेकाे नेपाली स्याटेलाइट अन्तरिक्षमा पुग्दा आम नेपालीमा खुसियाली छाएकाे छ। बिहिवार बिहानै आएकाे शुभ समाचारले नेपाली जनकाे छाति चाैडा भएकाे छ।

राजनीतिक किचलाे, भागबन्डा, कमिसन, भ्रष्टाचारका समाचारहरु बढी सुनेर आजित जनता याे नयाँ र आशालाग्दाे समाचार सम्प्रेषण भएपछि हर्षित भएका छन्।यो पूर्ण क्षमताको स्याटेलाइट नभएर, न्यानो स्याटलाइट हो। तैपनि त्यसतिरको यात्रामा लागेर केही सफलता त पायो नेपालले यसले अरू नगरे पनि चाँडै नै तस्बिरका साथै आफ्नाे भूभाग, मौसमी अवस्था, भौगोलिक बनावट, पर्वतीय श्रृङ्खला, हिमनदी आदिकाे अनुसन्धान गर्न सहज बनाउँने छ। सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम भने प्रयोगमा आइरहेका अन्तर्राष्ट्रिय स्याटेलाइटबाटै हुनेछन्।

नेपालले अन्तरिक्षमा स्याटलाइट पठाए पनि जमिनमा सूचना संकलन र विश्लेषण गर्ने ग्राउण्ड स्टेसन छैन। ग्राउण्ड स्टेसन नभइ कुनै पनि सूचना लिन सकिदैन।यद्यपि याे काम चाँडै नै सकिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले जनाएको छ।

यसरी देशभर हल्लिचल्ली हुँदा जुम्लामा प्रविधिबारे अध्ययन गरिरहेकाे 'कर्णाली एराेडाइनामिक रिसर्च क्लब एण्ड एड्भेन्चरस ग्रुप'का सदस्य टक्क बहादुर नेपाली भने बेखबर छन्।

याे गर्भिलाे समाचार प्रसारण भएकाे २४ घण्टा नबित्दै 'बीएल टिम' जुम्लामा प्रविधिबारे रिसर्च गरिरहेका टक्क बहादुरलाई भेट्न पुगेकाे थियाे। उनलाई नेपाली स्याटेलाइटबारे साेध्दा आफू बेखबर रहेकाे जनाए।

तर, याे प्रश्नले उनलाई उत्साहित बनायाे। उनले उल्टै प्रश्न गर्न थाले। केही समयकाे छलफलपश्चात् उनी निकै उत्साहित भए। हँसिलो मुद्रामा उनने भने 'हाललाई याे स्याटेलाइटबारे केही थाहा नभएपनि यसबारेकाे सूचना लिने काम चाँडै नै गर्नेछु।'

नयाँनयाँ सूचनाकाे आधारमा नयाँ नयाँ प्रयाेग गर्न खाेज्ने उनी यसपालिकाे हल्लाखल्लाबाट टाढा छन्। उनकाे रिसर्च क्ल्ब यतिबेला व्यवस्थित रुपमा व्यावसायिक प्याराग्लाइडिङकाे तयारी गरिरहेकाे छ।चिनिया कम्पनीसँगकाे सहकार्यमा नयाँ ग्लाइडर र मेसिन बनाउने काम भैरहेकाे छ।

जापानमा निर्माण भएको यो भूउपग्रह प्रक्षेपण अमेरिकी अन्तरिक्ष संस्था नासाको वल्लोप्स टापुमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएपछि जुम्लामा आशा थपिएकाे छ।टक्क बहादुरले भने 'अब हामी नेपाली आफ्नाे उत्पादनबारे सचेत हुनुपर्ने समय आएकाे छ।अध्ययन अनुसन्धान कर्ममा विश्वासको वातावरण तयार हुँदैछ। मैले यसलाई हामेमेड आकास युग सुरु भएकाे मानेकाे छु।'

प्रकाशित मिति: : 2019-04-19 06:00:50

प्रतिकृया दिनुहोस्