सामाजिक सञ्जालले 'नांगेझार' पार्दैछ हामीलाई !

हामी सामाजिक सञ्जाल चलाउने नाममा आफ्ना व्यक्तिगत सूचना लुटाइरहेका हुन्छौं। यदि हामीले जीमेलमा इमेल खोल्यौ र त्यसको आधारमा फेसबुक र ट्विटर चलायौ भने हामीसँग हाम्रो व्यक्तिगत सूचना भन्ने नै केही बाँकि रहदैन। हामीलाई यो थाहा छ, तैपनि हामी एडिक्ट भैसकेका छौं। यो लतबाट बाहिर निस्कन अब लगभग असम्भव नै छ।  

यी कम्पनीले तपाईंका निम्न सूचना जानिराखेका हुन्छन्ः

फेसबुकः

नाम, लिंग, जन्ममिति, फोन नम्बर, इमेल ठेगाना, स्थान, सम्बन्धको स्थिति (विवाहित, अविवाहित), काम, आय, शिक्षा, जाती, धार्मिक दृष्टिकोण, राजनीतिक दृष्टिकोण, आइपी एड्रेस, च्याट।

ट्वीटरः

फोन नम्बर, स्थान, इमेल ठेगाना, आइपी एड्रेस ।

गुगलः

नाम, लिंग, जन्ममिति, फोन नम्बर, इमेल ठेगाना, स्थान, काम, शिक्षा, कन्ट्याक्टस, गुगलमा खोजिएका सामग्री, यु ट्युवमा हेरिएका सामग्री ।

माइक्रोसफ्टः

नाम, लिंग, जन्ममिति, फोन नम्बर, इमेल ठेगाना, स्थान, आईपी एड्रेस, इमेल, कन्ट्याक्टस, फोन कल, च्याट, हेरिएका भिडियो ।

प्रकाशित मिति: : 2019-05-06 03:03:04

प्रतिकृया दिनुहोस्