फेसबुकमा गम्भीर समस्या : फोटो अपलोड नहुने, भए पनि खालि देखिने !

समस्यामा जकरबर्गको फेसबुक । तस्बिर : एजेन्सी

सामाजिक सझजाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा प्राविधिक समस्या आइलागेको छ ।

कयौं फेसबुक प्रयोगकर्ता लगइन गर्न समस्या भोगिरहेका छन् । लगइन भैहाले पनि फोटो अपलोड गर्न र अपलोड गरिएको फोटो हेर्न समस्या भैरहेको छ । 

फेसबुकमा फोटो पोष्ट गर्दा त्यसमा खालि बक्स देखिन्छ । 

कतिपय प्रयोगकर्ताको प्रोफाइल फोटोमा पनि खालि बक्स देखिएको छ । 

यसैगरी इन्स्टाग्राममा फोटो र भिडियो पोष्ट गर्न पनि समस्या भैरहेको छ ।

प्रकाशित मिति: : 2019-07-04 03:42:57

प्रतिकृया दिनुहोस्