अमेरिकी सिनेटमा फेसएप : शुमरले गरे जाँचको माग

अमेरिकी सिनेटमा अल्पमतका नेता चक शुमरको माग - एफबीआई र एफटीसी जाँच होस् । तस्बिर : एजेन्सी

फेसएपलाई लिएर बढ्दो सुरक्षा चिन्ताका कारण यसको प्रयोगमा केही मत्थर आएजस्तो देखिएको छ । यद्यपि, यसका बारेमा बहस भने अरू तातो र गहिरो हुदैछ । 

अमेरिकी सिनेटमा पनि फेसएप चिन्ता व्यक्त हुन पुगेको छ । 

सिनेटमा अल्पमतका नेता चक शुमरले फेसएपको जाँचको माग नै गरेका छन् । उनले एफबीआई र एफटीसीलाई जाँचका लागि दिएको निवेदन ट्विटरमा सेयर नै गरेका छन्क । उनले पत्रसहित ट्विटरमा लेखेका छन्, ‘यो अति चिन्ताजनक विषय हो । अमेरिकी नागरिकको निजी डाटा विदेशी शक्ति हासिल गरिरहेका छन् । ’

उनले राष्ट्रिय सुरक्षा र व्यक्तिगत गोपनियताको लागि यो खतराजनक भएको बताएका छन् । उनले रूसी कम्पनीले चलाएको यो एप लाखौं अमेरिकीले प्रयोग गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले प्रयोगकर्ताले आफ्नो व्यक्तिगत तञयांक र फोटोसम्मको पहुँच बनाइ दिएर उसलाई सजिलो बनाइ दिएको पनि बताएका छन् । 

उता, फेसएपले चक शुमरको यो चिन्ता जायज नभएको प्रतिक्रिया दिएको छ । उसका अनुसार यो एप सेन्ट पिटर्सबर्गस्थित कम्पनी वायरलेस लैबको हो । उसले यसमा मानिसहरुको तस्बिर स्थायी रूपमा स्टोर नगरिने पनि जनाएको छ । 

प्रकाशित मिति: : 2019-07-19 09:28:43

प्रतिकृया दिनुहोस्