नासाले थाल्यो २०२४ सम्म मानिसलाई चन्द्रमा लैजाने अभियान

Agency

अमेरिकी स्पेस एजेन्सी (नासा) ले सन् २०२४ सम्म चन्द्रमामा मानव पठाउने कार्यको सुरुवात गर्ने बताएको छ।

नासाले आफ्नो नयाँ अभियानका लागि निजी कम्पनीसँग पनि सुझाव माग गरेको छ।

नासाले सोमबार सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामी २०२४ सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा मानव लैजान चाहन्छौं।’

अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेको रिपोर्टमा नासाले चन्द्र अभियानका लागि तीन स्टेजमा ल्यान्डिङ सिस्टमको समर्थन गरेको छ।

नासाको तीन स्टेजको योजनाअनुसार पहिलो स्टेजमा मानिसलाई एउटा गेटवे बनाएर चन्द्रमाको माथिल्लो कक्षमा छोड्ने, त्यहीमार्फत सतहमा लैजाने र फर्काएर ल्याउने बताइएको छ। नासाले अपलो–१ को मिशनमा पनि यही योजनालाई अनुसरण गरेको थियो।

यो गेटवे अनुसार चन्द्रमा जाने मानिसहरूले ‘ओरायन क्रु स्पेसक्राफ्ट’ बाट २ दशमलव ५ लाख किलोमिटरको यात्रा गर्नेछन्।

जानकारहरू चन्द्रमाको माथिल्लो कक्षमा गेटवे बनाएर मान्छे लैजाने अभियान निकै गाह्रो काम भएको बताउँछन्।

नासाले निजी कम्पनीलाई २ अगस्टसम्म सुझाव पठाउन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2019-07-23 16:05:08

प्रतिकृया दिनुहोस्