एप्पलले किन्यो इन्टेलको ५ जी मोडम

Agency

अमेरिकी कम्पनी एप्पलले १ अर्ब डलर खर्च गरेर आफ्नै ‘चिप सेगमेन्ट’ बनाउने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार एप्पलले इन्टेलको ५ जी मोडम खरिद गरेको छ।

अब इन्टेलको २२ सय कर्मचारीहरू एप्पलमा आवद्ध हुनेछन्।

सम्झौतापछि इन्टेलसँग नन–स्मार्टफोन एप्लिकेशन जस्तो पिसी, इन्डस्ट्रियल इक्युपमेन्टस र सेल्फ–ड्राइभिङ कारलाई विकसित गर्ने अधिकार प्राप्त हुनेछ।

एप्पल र इन्टेलबीच पहिलेदेखि नै सम्झौता हुने समाचार सार्वजनिक भएको थियो। यी दुई कम्पनीबीच सम्झौंताको खाका तयार भएपछि इन्टेलले स्मार्टफोन मोडमको व्यापार परित्याग गर्ने घोषणा गरेको थियो।

एप्पलको यो दोस्रो ठूलो सम्झौंता हो। सन् २०११ मा उसले ३ दशमलव २ बिलियन डलरको सम्झौता अन्तर्गत बिट्स इलेक्ट्रोनिक्स कम्पनी खरीद गरेको थियो।
अब एप्पल फोनको चिप पनि आफ्नै हुनेछ। यसअघि सामसङ इलेक्ट्रोनिक्स र हुवाईले एप्पललाई चिप्स उपलब्ध गराउँदै आइरहेको थियो।

 

प्रकाशित मिति: : 2019-07-26 15:37:51

प्रतिकृया दिनुहोस्