के भारतको चन्द्रयान मिशन सफल होला? आज राती ऐतिहासिक दिन

Agency

भारतीय बैज्ञानिकहरू यति बेला ऐतिहासिक उपलब्धीको नजिक छन्। भारतको चन्द्रयान–२ पहिलो पल्ट चन्द्रमामा अवतरण गर्ने तयारीमा छ। नेपाली समयअनुसार बिहानको सवा २ बजे चन्द्रयान–२ चन्द्रमाको दक्षिणी मोहडामा अवतरण गरेपछि भारतले बैज्ञानिक उपलब्धीमा नयाँ आयाम थप्ने छ। 

हालसम्म चन्द्रमामा अमेरिका, रुस, चीनबाहेक कुनै पनि देशको यान अवतरण गर्न सकेको छैन। शनिबार बिहान भारतले यो उपलब्धी हात पारेको खण्डमा दक्षिण एसियाको यो देश चन्द्रमामा यान लैजाने चौथो देश बन्ने छ।

तर, भारतका लागि यो अभियान सोच जति सहज छैन। बैज्ञानिकहरूले अन्तिम १५ मिनेटको समय निकै कठिन भएको बताएका छन्।

याे पनि: यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

भारतीय अन्तरिक्ष केन्द्र (इसरो) का अध्यक्ष के सिवनका अनुसार सानो भन्दा पनि सानो गल्तीले पुरै ‘मंगल मिशन’ समाप्त हुन सक्छ। उनी सबै कुरा भने जस्तो भए बिहान १ बजेर ५५ मिनेट (भारतीय समय) मा चन्द्रयानको ल्याडर दक्षिणी मोहडाको सतहमा अवतरण गर्ने बताउँछन्।

बैज्ञानिकहरूले चन्द्रयान–२ लाई अवतरण गर्न धेरै कुरामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सबैभन्दा ठूलो कुरा चन्द्रमाको सतहमा अवतरण गर्न ‘ल्याडर’ ले स्थानको चुनाव आफै गर्नुपर्ने हुन्छ। ‘ल्याडर’ अवतरण गर्ने जमीन समतल र ‘सफ्ट’ हुनुपर्ने जनाइएको छ।

चन्द्रयान–२ अवतरणभन्दा १ सय मिटरको दुरीमा हुँदा यसले आफूले एकत्रित गरेको सूचना र तस्वीरको आधारमा सुरक्षित अवतरणका लागि स्थानको छनोट गर्नुपर्ने हुन्छ। यो पुरै प्रक्रियाका लागि ६६ सेकेन्डको समय मात्र हुनेछ।

याे पनि: भारतले यसरी कब्जा गर्यो- कालापानीका तीन नेपाली गाउँ

हालसम्म भएको चन्द्रमाको अध्ययन अनुसार चन्द्रमाको सतहमा निकै खाल्डाखुल्डी छ। चन्द्रमामा पहाड र खाल्डाको अनुपात उत्तिकै छ।

अवतरण गर्ने स्थानमा १२ डिग्रीभन्दा गहिरो खाल्डा खुल्डी हुनु हुँदैन, जसका कारण यानमा कुनै किसिमको गडबडी होस् भनेर।

‘ल्याडर’ गलत ठाउँमा अवतरण भएको खण्डमा फस्न सक्ने वा कुनै पहाडसँग ठोक्किएर नस्ट हुन सक्छ। जसका कारण पुरै मिशन समाप्त हुन जान्छ।

चन्द्रयान–२ दक्षिणी ध्रुवमा अवतरण गर्दैछ। जहाँ अहिलेसम्म कुनै चन्द्र मिशन गएको छैन। चन्द्रमाको यो ध्रुवमा अध्यारो हुन्छ। त्यसैले चन्द्रयानको ‘ल्यान्डिङ’ चुनौतिपूर्ण मानिन्छ।

प्रकाशित मिति: : 2019-09-06 17:00:48

प्रतिकृया दिनुहोस्