फेसबुकमा अब कति आयो लाइक भन्ने थाहा नहुने!

तस्बिरः एजेन्सी

समाजिक सञ्जाल फेसबुकले अब पोस्टमा भएका लाइकको संख्या लुकाउने तयारी गरेको छ।

युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले यस्तो तयारी गरेको हुनसक्ने बिबिसीले जनाएको छ।

फेसबुकले लाइक लुकाउनका लागि कोडिङ गरिरहेको एक जना इन्जिनियरले पत्ता लगाएको समाचार बीबीसीले सार्वजनिक गरेको हो।

ती इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुनसक्ने समाचार बाहिरिएका हुन् ।

सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन्। तर यस विषयमा फेसबुकले कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने गरि परीक्षण गरिरहेको छ।

विशेषत: युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउनसक्ने केही अध्ययनहरूले बताएका छन् ।

प्रकाशित मिति: : 2019-09-08 09:03:06

प्रतिकृया दिनुहोस्