प्रदेशका प्रजिअसँग भिडियो संवाद कार्यक्रम सुरु

प्रदेश १ का विभिन्न जिल्लाका प्रजिअसँग प्रत्यक्ष भिडियो संवाद गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की। बिएल

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भिडियो संवाद कार्यक्रम सुरु गरेको छ ।

जिल्लामा भएका गतिविधिको विषयमा जानकारी लिनका लागि मंगलबारदेखि प्रत्यक्ष भिडियो संवाद कार्यक्रम थालिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भिडियो संवादको शुभाम्भ गर्दै एकै पटक प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

मन्त्री कार्कीले आगामी असोज ३ गते संविधान दिवसलाई सिर्जनात्मक ढंगबाट प्रदेशका एक सय ३७ स्थानीय तहमा मनाउन र त्यसै अनुरुप तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । यसैगरी जिल्लामा डेंगुबाट प्रभावितको उपचारको अवस्थाको विषयमा बुझेर जानकारी गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री कार्कीले निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीसँग समन्वयका लागि प्रत्यक्ष भिडियो संवाद कार्यक्रमले विशेष अवस्थामा सामूहिक संवाद गरेर तत्काल आवश्यक पहल गर्नका लागि सहयोग गर्ने बताइएको छ । विपद् तथा प्रकोप व्यवस्थापन र नियन्त्रणका लागि प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारीले गर्ने समन्वयमा सहजीकरण हुने दाबी गरिएको छ ।

बीपीले भेट्न खोज्दा बाबाले भन्नुभयो, ‘इट्स टु लेट’ (भिडियोसहित)

आर्थिक वर्ष २०७५–२०७६ बजेटमा समावेश गरिएको प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालनसँगै जिल्लागत सूचना लिनका लागि सजिलो हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा यसको प्रवन्ध मिलाउन ४५ लाख रुपैयाँ खर्च गरेको छ । 

प्रकाशित मिति: : 2019-09-10 19:04:13

प्रतिकृया दिनुहोस्