९ नेपाली युवा बैज्ञानिक रुसतर्फ

बिएल

नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको नेतृत्वमा रुसको याकुचमा यही अक्टोबर १४–१९, २०१९ हुन गइरहेको आठौं एसिया प्यासिफिक युवा बैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नौ उच्च माध्यमिक विद्यालयका विद्यार्थी शनिबार त्यसतर्फ लागेका छन्।

भाग लिने प्रतिनिधिमा अबिनभ गौली, अर्जुन सारु, स्वराज सागर प्रधान, आस्था शाह, विवेक ढुंगाना, दिक्षा संजेल, ऋषि गुप्ता, कृतिष पोखरेललगायत नौ युवा बैज्ञानिक रहेका छन्। टोलीमा तीन शिक्षक÷प्रध्यापक डा।शर्मिला अमात्य, डा। शान्ता पोखरेल, बिनोद कुमार दुलाल सहित कूल १२ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

गत महिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा राष्ट्रिय स्तरको चौथो युवा बैज्ञानिकको समिट बिभिन्न संघसंस्थाको आयोजनामा भएको थियो। यस प्रतियोगितामा बिभिन्न विद्यामा उत्कृष्ट प्रस्तुति गर्ने युवा बैज्ञानिकलाई सम्मेलनमा पठाइएको हो।

सम्मेलनमा विश्वका २३ राष्ट्रका बिद्यार्थीसँग नेपाली बैज्ञानिकले प्रतिस्पर्धा गर्नेछन्। बिभिन्न बिद्यामा उत्कृष्ट हुनेले स्वर्ण, रजत र कांस्य पदकसमेत जित्ने छन्।

प्रकाशित मिति: : 2019-10-13 14:50:56

प्रतिकृया दिनुहोस्