युरोपा लिग: १० खेलाडीमा सिमित फ्र्यांकफर्ट माथि आर्सनलको सहज जित

तस्बिरः एजेन्सी

युरोपा लिग फुटबलमा आर्सनलले फ्र्यांकफर्टलाई ३–० ले पराजित गरेको छ।

लिगको समूह चरण अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा आर्सनलले फ्र्यांकफर्टलाई अवे मैदानमा पराजित गर्दै विजयी सुरूवात गरेको हो।
आर्सनलको जितमा जोसेफ विलक,बुनायो साका र पिएरले समान एक–एक गोल गरे ।

आर्सनललागि जोसेफ विलकले खेलको ३८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को अग्रता बनाएका थिए । उनकै गोलबाट पहिलो हाफ १–० लृ अगाडी रहेको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

७९ औँ मिनेटमा डोमिनिक कोहर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्र्यांकफर्ट १० खेलाडीमा सिमित हुँदा आर्सनलका लागि बुनायो साकाले खेलको ८५ औंँ मिनेटमा गोल गर्दै अग्रता २–० मा पुर्याए । त्यसको दुई मिनेटमै पिएरले गोल गर्दै आर्सनललाई ३–०को जित दिलाएका थिए ।

 

प्रकाशित मिति: : 2019-09-20 08:02:53

प्रतिकृया दिनुहोस्