'म डराइरहेको छु'

तस्बिरः एजेन्सी

म्यानचेष्टर युनाइटेडका पूर्वखेलाडी तथा लिजेन्ड रियो फेर्डिनान्डले बेल्जियनका स्टार इडेन हाजार्ड गलत समयमा रियल मड्रिड आएको बताएका छन् । 

‘बीटी स्पोर्ट्स’सँगको कुराकानीमा भनेका छन्, ‘हाजार्डले अभ्यास खेलमा केही गरेका छन् । प्रि–सिजनका प्रायः खेलमा भाग लिएका उनी वास्तविक खेलमा भने चुके । उनलाई लिएर म डराइरहेको छु कि, उनी गलत समयमा रियल आए ।’

‘अहिले रियल यस्तो टिम हो, जसले आफ्नो लय समात्न सकिरहेको छैन’, खेल फेर्डिनान्डले थपे, ‘अहिले उनीहरूसँग अहिले जित्नका लागि उपाय छैन । यो हाजार्डका लागि असर बन्न सक्छ कि उनी लामो समय त्यहाँ रहुुन् ।’

 

प्रकाशित मिति: : 2019-09-20 12:29:27

प्रतिकृया दिनुहोस्