ब्याडमिन्टनमा नेपालको पदक पक्का

Agency

१३ औं साग अन्तर्गत ब्याडमिन्टनकाे टिम इभेन्टमा नेपालको पदक पक्का भएको छ। पोखरा रङ्गशालाकाे नवनिर्मित ब्याडमिन्टन हलमा आइतबार भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायाे। याेसँगै नेपालले पदक पक्का गरेको हो।

नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले भुटानी खेलाडी अनिश गुरुङलाई २१– ६, २१– ९ ले, दीपेश धामीले नैदुप दोर्जेलाई २१– १३, २१– १४ ले तथा उदीयमान खेलाडी प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१–१२, २१–५ ले पराजित गर्दै पदक पक्का गरेका हुन्।

यस्तै महिला टोलीले बंगलादेशमाथि ३–० को जित निकाल्दै पदकमा नाम लेखाएका छन्। नङ्शल देवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ ले, रशिला महर्जनले एलिना सुल्तानालाई २८–२६, २१–१९ ले तथा जेशिका गुरुङले विस्त्री खातुनलाई २१–१८, २२–२० ले पराजित गर्दै अर्को पदक पक्का गरे।

अव नेपालले फाइनल प्रवेशका लागि श्रीलंकाली टाेलीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

 

प्रकाशित मिति: : 2019-12-01 22:41:48

प्रतिकृया दिनुहोस्