४ वर्षपछि लयमा फर्कियो नेपाल, कमललाई तेक्वान्दाेमा पहिलाे स्वर्ण

बिएल

कमल श्रेष्ठले तेक्वान्दोमा नेपालका लागि पहिलो स्वर्ण जिताएका छन्। उनले २९ वर्षमुनि पुम्से स्पर्धामा नेपाललाई स्वर्ण जिताएका हुन्। उनको स्वर्णसँगै ४ वर्षअघि भारतमा आयोजना भएको १२ औं सागमा स्वर्णको खडेरी लागेको नेपाल पुनः लयमा फर्किएको छ।

कमलले ८ दशमलव २ सय ७० अंक प्राप्त गरे। उनले भारतका राहुल जैनलाई ८ दशमलव १ सय ८० अंकमा पछाडि छोडेका थिए। जैनले रजतमा चित्त बुझाए। कास्य पदक श्रीलंकाका निसान्का जयसिंघेले प्राप्त गरे। उनले ८ दशमलव १ सय ५० अंक प्राप्त गरेका थिए। भारतमा नेपालले ७ वटा रजत जित्दा पनि स्वर्ण जित्न सकेकाे थिएन। सन् १९९९ मा नेपालमा आयाेजना भएकाे आठाै‌ सागदेखि तेक्वान्दाे समावेश गरिएकाे थियाे। नेपालले भारतबाहेक हरेक सागमा स्वर्ण जित्दै आइरहेकाे थियाे। 

सागकाे इतिहासमा पुम्से स्पर्धा पहिलाे पल्ट समावेश गरिएकाे हाे।

प्रकाशित मिति: : 2019-12-02 11:55:40

प्रतिकृया दिनुहोस्